पर्यटन प्रवर्द्धनका लागि साइकलयात्रीको टोली दमौलीमा

कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउन सुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको छ । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा साइकलयात्रीको टोली दमौली आइपुगेको हो ।

इलामको अन्तुदेखि सुरु भएको साइकलयात्रीको टोली मुगुको रारासम्म पुग्नेछ । यो यात्राले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको शाहले बताउनुभयो । टोलीमा दमौलीका युवा विनोद सापकोटा पनि सहभागी हुनुहुन्छ । कोरोनाले थलिएको पर्यटन क्षेत्रको प्रचारप्रसारमा आफूहरु लागेको उहाँले बताउनुभयो ।

साइकलयात्रीको टोली २८ जिल्ला हुँदै चार सातामा रारा पुग्नेछ । यात्रामा साइकलयात्रा गरिसकेका र नयाँ गरी ५० जनाको टोली छ । साइकलयात्राले एक हजार ८०० किलोमिटर दूरी पार गर्नेछ ।

‘सम्बन्ध जोडौँ देश घुमौँ’ भन्ने नारासहित हिँडेको टोलीलाई व्यास नगरपालिकाले स्वागत गरेको छ । साइकलयात्रीलाई स्वागत गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको प्रचारका लागि साइकलयात्रीले सहयोग गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख न्यौपानेले व्यासको जन्मभूमि दमौलीका बारेमा देशका अन्यत्र जिल्लामा पनि प्रचार गर्न साइकलयात्रीलाई आग्रह गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker