लागुऔषध सहित तीन पक्राउ, दुइ जना बालक

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुइ जना बालक र एक युवा छन् । बालकको वास्तविक नामथर गोप्य राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले म्याग्दीको मालिका गाउँपालिका-१ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-१४ बस्ने २३ वर्षीय एविन पुनलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । तीन जना विरुद्ध तनहुँ अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।
बेनीटारस्थित पृथ्वीराजमार्गमा जाँचमा क्रममा ग१ख ९६१९ नम्बरको बसमा सवार दर्ुइ जना बालकलाई प्लाष्टिक झोलामा लागुऔषध ल्याएको अभियोगमा पक्राउ गरिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त लागुऔषध कारोवारमा संलग्न पुन पक्राउ परेका हुन् । प्रहरीले निजबाट ६० थान लागुऔषध बरामद गरेको छ ।










