तनहुँको भानुमा नगर शिक्षा योजना निर्माण विषयक अन्तरक्रिया

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले सरोकारवालाहरु बीच नगर शिक्षा योजना निर्माण विषयक अन्तरक्रिया गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सोमबार सरोकारवालाहरु बीच अन्तरक्रिया गरेको हो ।

भानु-१० रामपुरेटार स्थित चोक माध्यमिक विद्यालयमा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मोहनिधी तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले कार्यक्रमको उद्देश्य माथि सहजिकरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्षहरू, योजना निर्माण कार्यदलका सदस्यहरू, नगरको पुर्वी भेगका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरूको सहभागिता रहेको बताइएको छ ।

अन्तरक्रियाको पहिलो सत्रमा नियमित प्रधानाध्यापक बैठकका एजेण्डामा छलफल भई कार्यालयका आन्तरिक विषयहरू चौमासिक निकासा, शिक्षक व्यवस्थापन, विद्यालयले पेश गर्नुपर्ने दिवा खाजा कार्यक्रमका हाजिरी तथा बीलभरपाईहरू, सामाजिक परीक्षण, लेखापरीक्षण प्रतिवेदन, विद्यालय सुधार योजना तथा पाठ्यपुस्तक र छात्रवृत्ति वितरणको भरपाई लगायतका कागजातहरू, बाल चित्रकला प्रतियोगिता र पहिलो त्रैमासिक परीक्षा लगायतका विषयमा छलफल गरिएको थियो ।

अन्तरक्रियाको दोस्रो सत्रमा नगर शिक्षा योजना निर्माणका लागि आवश्यक तथ्याङ्क तथा सो संकलनका लागि बनाइएको फाराम र योजनामा समावेश गर्नुपर्ने मुख्य मुख्य योजना सम्बन्धमा सुझाव तथा पृष्ठपोषण संकलन गरिएको थियो ।

यस्तै, सहभागीहरूले कार्यक्रमका विषयमा आ-आफ्ना धारणा र विचार व्यक्त गरेका थिए। नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयवस्तुका विषयमा समेत सुझाव संकलन गरिएको शिक्षा अधिकृत सरस्वती गुरूङ ढकालले जानकारी गराइन् ।

नगरपालिकाले नगर शिक्षा योजना निर्माण तथा स्थानीय पाठ्यक्रमका विषयमा नगरका तीन स्थानमा सञ्चालन गर्ने तयारी गरेको छ । सरोकारवालाहरुबाट संकलित सुझाव तथा तथ्याङ्कलाई आधार बनाएर योजनाको मस्यौदा लेखन गरिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker