पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या बढी भएको छ । यसअघि गएकाे शुक्रवार, शनिवार र आइतवार पनि थपिने भन्दा सङ्क्रमण निको हुनेको सङ्ख्या धेरै थियो ।

पछिल्लो २४ घण्टामा एक हजार सात सय ८६ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १६ हजार तीन सय ६ पुगेको छ ।

यस्तै थप एक हजार ६ सय ६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन गरी १२ हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा १६ सय ६४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ।

२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा आठ लाख ४६ हजार एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै यही अवधिमा थप २० जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय ५० पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker