तनहुँमा संक्रमितको संख्या बढ्दो, विवाह, भोजभतेरमा सहभागि बढि संक्रमित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा पछिल्लो केहीदिनयता कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । शनिबारसम्म २२ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । स्वास्थ्य कार्यालय तनहुँले र्सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार भानुमा ५, व्यासमा ५१, दमौल अस्पतालमा ५, शक्लागण्डकीमा ५९, भिमादमा ५३, म्याग्देमा ११, घिरिङमा ३, ऋषिङमा २, देवघाटमा २, बन्दिपुरमा २ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार १७ जनामा संक्रमण पुष्टि भएसंगै अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २१० पुगेको छ । संक्रमितहरु सबै होम आइसोलेनमा बस्दै आएका छन् ।

यस्तै, जिल्लामा कोरोना संक्रमित अधिकांश विवाह, वर्तबन्धको भोजभतेर तथा भिडभाडजन्य गतिवधिमा सहभागि भएको पाइएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाबासिलाई शुभकार्य तथा अन्य भिडभाडजन्य गतिविधिमा सहभागि नहुन आग्रह गरेपनि लापरवाहीपूर्ण गतिविधि भएका कारण पछिल्लो समय दैनिक जसो संक्रमितको संख्या बढ्दै गएको औल्याएको छ ।

गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । गत फागुन महिना र वैशाख ५ गतेसम्म पनि शुक्रअन्ध भएका कारण शुभकार्य गर्न नहुने धार्मिक मान्यता थियो । लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी संक्रमित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ तथा ट्राभल हिस्टि्रलाई हेर्दा अधिकांश विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रममा सहभागि भएका तथा भारत लगायत अन्य मुलुकबाट फर्किएका समेत रहेको भेटिएको छ । उनले भने, ‘नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण जोखिम बढेकाले नागरिकलाई सावधानी अपनाउन सचेत गरिएता पनि नागरिकहरुकै लापरवाहीजन्य गतिविधिका कारण अहिले जिल्लामा समुदायस्तरमै संक्रमण फैलिन पुगेको छ ।’

वैशाखयता जिल्लामा संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । कार्यालयको प्रारम्भिक र्सर्वेक्षणमा अधिकांशले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि संक्रमणमा परेको बताएका छन भने कतिपयले जिल्ला बाहिर गएर आएपछि संक्रमणमा परेको पनि जनाएको प्रमुख अधिकारीले बताए । यस्तै जिल्लामा संक्रमण पुष्टि भएका केही व्यक्तिले आफ्नो नाम, ठेगाना सहि उल्लेख नगर्दा समेत कहाँ कसरी संक्रमण भयो भन्ने विषयमा तथ्याङ्क लिन समस्या आएको उनले बताए ।

विवाहमा २५ जनाभन्दा बेहुलापट्टीका २५ र बेहुलीपट्टीका २५ भन्दै फरक-फरक व्याख्या गरेर सरकारले गरेको निर्देशन अधिकांशले अटेर गरेका देखिन्थ्यो । गत वर्ष पनि यस्ता कार्य हुन नसकेकाले कोरोना सक्किइहाल्यो नि भन्दै धेरैले मन फुकाएर आफन्त डाक्ने गर्दा अहिले जिल्लामा दैनिक जसो संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समयमा विगतकै तुलनामा विवाह, व्रतबन्ध धुमधामका साथ हुने गरेका थिए । यस्ता कार्यक्रममा विभिन्न जिल्ला र विदेशबाट आउनेसमेत सहभागी हुने गर्दा अहिले जिल्लामा दैनिकजसो संक्रमितको संख्या बढ्दै गएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती बताउँछन् ।

‘नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण जोखिम बढेकोहुँदा भिडभाडजन्य गतिविधि नगर्न, स्वास्थ्य सुरक्षामा ध्यान दिन सचेत गराउँदै आएका थियौं’, प्रमुख सोतीले भने, ‘हाम्रो तर्फबाट सचेत गराउने काम त भयो तर, नागरिकस्तरबाट कुनै सावधानी नहुँदा अहिले संक्रमितको संख्या हृवात्तै बढेको छ ।’

‘अधिकांश संक्रमितको ट्राभलहिस्ट्री हेर्दा विवाह, भोजभतेरमा सहभागि भएको, बाहिरी जिल्लामा गएर आएकोमा संक्रमण देखिएको छ’, प्रमुख सोतीले भने, ‘संक्रमितको संख्या दैनिक बढ्दै जाँदा व्यवस्थापन के कसरी गर्ने भन्ने चुनौती थपिदै जान थालेको छ ।’

संक्रमण भयावह हुँदासमेत हिजोआज पनि लुकीछिपी यस्ता कार्यक्रम हुँदै आएका छन् । प्रशासनले घरमा परिवार मात्रै बसेर यस्ता कार्य गर्न भने पनि अटेर गरेर आफन्त बोलाउँदै कार्यक्रम गरिरहेका कारण अहिले कोरोना संक्रमणले भयवह रुप लिदै गएको छ । संक्रमण फैलन नदिन तथा रोकथामका लागि भन्दै तनहुँ प्रशासनले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेपनि मानिसहरुले निषेधाज्ञा उल्लंघन गरी हिड्डुल, व्यापार व्यवसाय गर्ने जस्ता कार्य गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker