देवघाट क्षेत्र विकास समितिद्वारा निर्मित मार्ग र योग सभाहल उद्घाटन

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकामा देवघाट क्षेत्र विकास समितिद्वारा निर्मित महेश चोकदेखि गलेश्वर चोक मार्ग र योग सभाहलको उद्घाटन गरिएको छ । गलेश्वर र महेश आश्रमका दुइ स्वामीहरूले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । देवघाट हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कालिगण्डकी र त्रिशूली नदीको संगममा पर्ने भएकोले यहाँ तिर्थालु भक्तजनहरू आउने बेला धार्मिक झल्काउने खालको रङ्गरोगन र बाटो बनाउन अनन्तश्री विभुषित महामण्डललेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले क्षेत्र विकास समितिलाई अनुरोध गरे । उनले देवघाटले अदिमकालदेखि नै एउटा ऐतिहासिक र पुरातात्विक रूप बोकेर आइरहेको बताए ।

स्वामीले सनातन धर्मका प्रतिष्ठित जो संसारभरी पहिचान कमाएका धर्म गुरु र विश्वमा नाम कमाउन सफल व्यक्तिलाई देवघाट ल्याएर यहाँको गरिमाको बारेमा जानकारी गराउन पाए अझ धेरै राम्रो हुने बताए ।

कार्यक्रममा महेश शन्यास आश्रमका १००८ स्वामी आत्मानन्द गिरिजी महाराजले प्राकृतिक सुन्दरतालाई भत्काउन नहुने र यहाँका देउतासरी रहेका ढुङ्गा व्यवस्थित भैरहेको छ र अझ बढी व्यवस्थित गर्ने र जिवित सरह भएर बगेका नदीहरूलाई संरक्षण गर्दै अगाडि बढ्न सकियो भने देवघाटमा घुम्न आउने तिर्थालु भक्तजनहरूले उर्जा मिले बताए ।

आव २०७६/०७७ मा गण्डकी प्रदेश सांसद कोषमा हरिवहादुर चुमानबाट १५ लाख, आव २०७७/०७८ मा नेपाल सरकारबाट अनुदान प्राप्त रकम ३ लाख र उपभोक्ता समितिबाट ६ लाख गरी ५१ लाख रुपैयाँमा महेशचोकदेखि गलेश्वर चोक मार्ग निर्माण गरिएको हो । जहाँ ३०० मिटर मार्ग निर्माण गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरेले बताए ।

त्यस्तै देवघाट क्षेत्र विकास समितिको कार्यलयको माथिल्लो तल्लामा निर्माण गरिएको योगहल पनि आव २०७६/०७७ मा नेपाल सरकार र देवघाट गाउँपालिकाबाट प्राप्त अनुदान गरेर जम्मा १५ लाख र आव २०७७/०७८ मा नेपाल सरकार मार्फत ३० लाख गरी ४५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको घिमिरेले जानकारी गराए ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाट क्षेत्र विकास समितिले गरेको कामले देवघाट क्षेत्रको विकासमा टेवा पुगेको बताए । थापाले मानवजातिका लागि योगा अत्यावश्यक रहेको बताउँदै अब योगा सभाहलमै नियमित योगा गर्न समेत अनुरोध गरे।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्षहरू टंकनाथ पौडेल, डा. गुरु प्रसाद सुवेदी, नेपाली कांग्रेस देवघाटका उपसभापति पुरूशोत्तम शर्मा पण्डित, देवघाट क्षेत्र विकास समितिका सदस्य प्रविण कार्की र गरिमा उपभोक्ता समितिका अध्यक्ष सान श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker