बन्दीपुर तीज सप्ताहन्न उत्सवमा म्याग्देको एकता मगर समाज प्रथम

बन्दीपुर : नेपाली नारीहरुको महानचाड हरितालिका तीज पर्वका अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका–४ मा आयोजित बन्दीपुर तीज सप्ताहन्न उत्सवमा तनहुँको म्याग्दे गाउँपालिकाको एकता मगर समाज प्रथम भएको छ ।
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आयोजना तथा बन्दीपुर गाउँपालिका र गाउँपालिकाका विभिन्न संघ संस्थाहरुको संयोजनमा गत भदौ १५ गतेदेखि सुरु भएको तीज गीत प्रतियोगितामा एकता मगर समाज प्रथम भएको हो ।
५० प्रतियोगित समुहको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम भएको एकता मगर समाजले नगद रु एक लाख प्राप्त गरेको छ । प्रतियोगितामा बागलुङ कालिका भजनकिर्तन समूह द्वितीय हुँदै समूहले नगद रु ७५ हजार प्राप्त गरेको छ ।
यस्तै, प्रतियोगितामा भानु हरियाली प्राकृतिक कृषक समूह तृतीय भएको छ । उक्त समूहले नगद रु ५० हजार प्राप्त गरेको छ । बन्दीपुर गाउँपालिकास्थित केराबारी आमा समूह २१३.५ अंक प्राप्त गरी सान्त्वना हुँदै नगद रु २५ हजार प्राप्त गर्न सफल भएको छ ।
तीजको अवसरमा एक सातासम्म चलेको उत्सव जिल्लामै सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगितामा उत्कृष्ट भेषभूषा तर्फ पालुङटार नगर स्तरीय महिला सँजाल र उत्कृष्ट नृत्य तर्फ क्षेत्री समाज दमौली पुरस्कृत भएको छ ।
विजयी समूहलाई बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले तीज सप्ताहन्न उत्सवले बन्दीपुरको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त सप्ताहन्न कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगायतले सांगितिक प्रस्तुती दिएका थिए ।
यस्तै, सोही अवसरमा धार्मिक शक्तिपीठहरु सिद्धेश्वर महादेव, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, तीनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका देवीको दर्शन गराइएको लिमिटेडका अध्यक्ष शर्माले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker