बन्दीपुर गाउँपालिकाको वडा नं. १ मा योजना सम्झौता शुरु

तनहुँको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाटै योजना सम्झौता गर्ने योजना अनुसार वडा नं. ६ पछि आइतबार गाउँपालिकाको वडा नं १ मा पनि योजना सम्झौता शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमायाँ गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल वडामा पुगी स्थानीय उपभोक्ता समितिका पदाधिकारीहरुलाइ अभिमुखीकरण समेत प्रदान गरी योजनाको सम्झौता लगायत भुक्तानीको लागि गरिने पक्रिया समेत वडाबाटै गर्न सुरु गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाले स-साना योजनाहरु सम्झौता गर्न जाँदा दुःख पाउने र दिन बित्ने भएकोले जनतालाई सहज होस भनेर वडा कार्यालय बाटै सेवा दिइएको बताए । उनले भने, ‘योजना सम्झौमा गर्न गएको बेला योजनाका कर्मचारी नभएको दिन जनता पुगे भने दुख मात्रै पाउने भन्दै साना योजना सम्झौतामा जनतालाई सहज होस भनेर वडाबाटै सेवा दिन थालिएको हो ।’ बाँकी रहेका वडाहरुमा पनि तत्काल योजना सम्झौता अघि बर्ढाईने पालिकाले जनाएको छ ।

सम्झौता कार्यक्रममा योजना सञ्चालनदेखि अनुगमन र भुक्तानीको प्रक्रियाका बारेका जानकारी गराउनुका साथै योजनाको भुक्तानीको प्रक्रियाको बारेमा समेत जानकारी गराइएको छ । पालिकाले योजनाको काम सम्पन्न भइसकेपछि भूक्तानीको पक्रिया समेत वडाबाटै गर्ने गरी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker