‘प्रचण्ड’को दोहोरो चरित्रका कारण देशमा संकट आयो : एमाले अध्यक्ष ओली, वैशाख ३० मा पाँचै दलसँग भिड्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए ।

चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाइछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?

कथा सुनाएपछि ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सही हो, कुन गलत हो ?’

उनले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताए । ‘१६५ भोट सरकारसँग छ । एमसीसी पास गर्ने भनेको छ,’ उनले भने, ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझन सक्छ ।’

पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गरे । ‘नाम हेर्‍यो नेकपा माके, काम हेर्‍यो कांग्रेसको पुच्छर । नाम हेर्‍यो पार्टी फुटाएर एकीकृत, काम हेर्‍यो कांग्रेसका पछि लागेर समाजवादी । यो स्थितिमा हामी छौं,’ व्यंग्य गर्दै उनले भने ।

एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावमा उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिए ।

‘यो गठबन्धन टुट्दैन, टुट्न हुँदैन । यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छ,’ उनले भने, हामी लड्न बोलाउँदा वान बाई वान होइन पाँचै दल आऊ भनेर बोलाउँछौं । ३० वैशाखमा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्र्छौं ।’ सरकारमा बस्नेहरूले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको उनको आरोप छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker