नागरिकको घर दैलोमै स्वास्थ्य परीक्षण

तनहुँको बन्दिपुर गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको नागरिकको दैलोमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा स्वास्थ्य परीक्षणका लागि सहभागि ८४ वर्षीया वृद्धा । गाउँपालिकाको वडा नं. २ कुकुर्दी आधारभूत स्वास्थ्य केन्द्रमा बुधबार सञ्चालन गरिएको स्वास्य परीक्षण कार्यक्रममा ५४ जनाले सेवा लिएका स्वास्थ्य शाखा प्रमुख अञ्जीर भट्टराइले बताए । बन्दिपुर अस्पतालका डा. विमल दुवाडी सहितको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण, खकार, मलेरिया, एन्टिजेन लगायतका ल्याब परीक्षण सेवा प्रवाह गरेका थिए । तस्विर : भञ्ज्याङ










