आँवुखैरेनी गाउँपालिकाका सबै वडा भाडामुक्त

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

आँवुखैरेनी गाउँपालिकाका सबै वडा तथा आधारभूत स्वास्थ्य केन्द्र भाडामुक्त भएका छन् । गाउँपालिका मातहत रहेका वडामध्ये वडा नं. ५ को वडा कार्यालय भवनको केही दिनअघि मात्रै उद्घाटन भएपछि सबै वडा भाडामुक्त भएका हुन् । गाउँपालिकाको ५६ लाख ८२ हजार ६१४ रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । उक्त भवन निर्माणको जिम्मा बिएम कन्स्ट्रक्शन प्रालि नुवाकोटले पाएको थियो ।

विसं २०७५ चैत १० गते सम्झौता गरी विसं ०७६ चैत २ गते सम्पन्न भए पनि अहिले आएर उद्घाटन गरिएको हो । भवनको निर्माण दुइ वर्षअघि सम्पन्न गरिए पनि विविध कारणले उद्घाटनमा ढिलाइ हुन पुगेको कार्यालयका सूचना प्रविधि अधिकृत नीरज श्रेष्ठले बताए ।

त्यसैगरी गाउँपालिकामातहत रहेका सबै आधारभूत स्वास्थ्य केन्द्रको समेत आफ्नै भवन निर्माण भइसकेका छन् । वडा नं. ६ मा स्वास्थ्य भवन निर्माण भइसकेको र उद्घाटनको चरणमा रहेकाले गाउँपालिकाका सबै वडा र स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी व्यास नगरपालिकाका १४ वडामध्ये १३ वडाले आफ्नो भवन निर्माण गरिसकेका छन् । व्यास-१ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै भाडामुक्त नगरपालिका बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । जग्गा विवादका कारण उक्त वडा भवन निर्माणमा ढिलाइ भएकाले भाडामुक्त नगरपालिका घोषणा गर्न नसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका १४ वटै वडामा स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माण भइसकेकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker