१०औं अन्तर्राष्ट्रिय वालिका दिवसको अवसरमा अन्तर विद्यालय वक्तित्वकला
भञ्ज्याङ समाचारदाता/दमौली

१०औं अन्तर्राष्ट्रिय वालिका दिवसको अवसरमा अन्तर विद्यालय वक्तित्वकला कार्यक्रम गरिएको छ । रुम टु रिड पढ्नको लागि कोठा अन्तर्गत वालिका शिक्षा कार्यक्रमले सो कार्यक्रम गरेको हो । संस्थाका बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक शुसिल तिम्सेनाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समिति तनहुँका उपाध्यक्ष पवित्रा पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, शिक्षा विकास समन्वय इकाईका प्रमुख रमाकान्त शर्मा लगायतले वालिका शिक्षा र वक्तित्वकलाका विषयमा आ-आफ्नो विचार व्यक्त गरेका थिए ।
बालिका शिक्षा कार्यक्रम संचालित १२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सत्यवती माविकी आँचल सिग्देल प्रथम, निर्मल माविकी कस्मि दवाडी दितीय र सिद्धेश्वरी माविकी सजना गैरे तृतीय भएका थिए । प्रथम, द्धितीय, तृतीयलाई ट्रफि, प्रमाण पत्र र शैक्षिक सामाग्री वितरण गरिएको थियो । साथै सबै सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको बताइएको छ । प्रतियोगीतामा चण्डिदेवी राष्ट्रिय माविका प्रअ रामचन्द्र पोख्रेल, पराशर कलेजका प्राध्यापक पुष्पराज खतिवडा र खैरेनी माविका शिक्षक राजेश्वर घिमिरे निर्णयक रहेका थिए ।










