युवा पत्रकारिता पुरस्कारबाट सम्पादक खड्का सम्मानित

भञ्ज्याङ समाचारदाता/दमौली

भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित भञ्ज्याङ दैनिकका सम्पादक नारायण खड्का सम्मानित भएका छन् । तनहुँ समाज हङकङद्वारा स्थापित ‘युवा पत्रकारिता पुरस्कार-२०७८’ बाट सम्पादक खड्कालाई सम्मान गरिएको हो । समाजले जिल्लामा गरिरहेको सामाजिक कार्यलाई सञ्चारमाध्यमबाट प्रचार प्रसार गरी सहयोग पुर्‍याएको भन्दै समाजको स्थापना दिवसको अवसरमा पत्रकार सम्मान कार्यक्रम आयोजना गरी सम्मानित गरिेको छ । समाजले दमौलीमा मंगलबार एक कार्यक्रमका बीच सम्पादक खड्का र सोही पुरस्कारबाट गोरखापत्र दैनिकका सम्वाददाता अमरराज नहर्कीलाई समेत सम्मानित गरेको छ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले संयुक्त रुपमा पत्रकारद्वयलाई सम्मानित गरेका थिए । उनीहरुलाई प्रंशसापत्र, दोसल्ला र नगद पाँच हजार रुपैयाँले सम्मान गरिएको समाजले जनाएको छ ।

सो अवसरमा व्यास नगरप्रमुख न्यौपानेले विगतदेखि नै तनहुँ समाज हङकङले तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकोमा प्रशंसा गरे । ‘कोभिड-१९ संक्रमण न्युनिकरण र नियन्त्रणदेखि विपद्को बेलामा समेत समाजले हामीलाई सघाएको छ’, उनले भने ‘नगरपालिका पत्रकार र पत्रकारिताको प्रवर्द्धन र संरक्षणको लागि सधै सकारात्मक रहेको छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेले कामको सिलसिलामा विदेशमा रहेर पनि जन्मस्थलमा सामाजिक काम गर्दै आएको भन्दै समाजप्रति आभार व्यक्त गरे । समाजमा आवद्ध सदस्यहरुले आफ्नो मेहनतबाट कमाएको केही प्रतिशत समाजिक क्षेत्रमा लगानी गर्नु प्रशंसनीय कार्य भएको काफ्लेको भनाई थियो ।

त्यस्तै पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले महासंघ शाखाको तर्फबाट धन्यवाद व्यक्त गर्दै सामाजले सामाजिक कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । कार्यक्रमा बोल्दै सम्मानित सम्पादक खड्काले संस्थाको तर्फबाट प्राप्त भएको सम्मानले थप जिम्मेवारीबोध गराएको बताए ।

संस्थाले बिगत १० वर्षदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् न्युनिकरण लगायतको क्षेत्रमा सहयोग गर्दै आएकोे समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले जानकारी दिए । समाजले हरेक वर्ष जिल्लाका १२ विद्यालयका बहुअपाङ्गता भएका बालबालिकालाई उनीहरुकै आवश्यकता अनुसार सहयोग सामाग्री हस्तान्तरण, क्यामिनको छापथोक, कोटथोक, भिमाद लगायतका स्थानमा खानेपानी आयोजनाको लागि आर्थिक सहयोग, कोभिड न्युनिकरणका लागि तनहुँका १० वटै स्थानीय तहलाई सहयोग, व्यास नगरपालिकाद्वारा स्थापना गरिने पिसिआर प्रयोगशालालाई सहयोग, भानु जन्मस्थल बिकास समितिमा पुस्तकालय, बाढी, पहिरो, भुकम्प लगायतका प्रकृतिक प्रकोपबाट पीडित बनेकालाई सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको छ । यस्तै, समाजले प्रत्येक वर्ष २ जना सञ्चारकर्मीलाई सम्मान गर्न थालिएको समाजका पूर्व गुरुङले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker