चिचिन्नो बजार पठाउने तयारी

तनहुँको भानु नगरपालिका–२ स्थित अनुग्रह कृषि फर्ममा उत्पादित चिचिन्नो बजार पठाउनका लागि तयारी गर्दै कृषक । फर्ममा उत्पादित अर्गानिक तिते करेला, गोलभेडा, घिरौला लगायतका तरकारी नगरपालिकाले सञ्चालनमा ल्याएको शनिबारे कृषि हाटबजारमा बिक्रीवितरण गर्न थालिएको छ । भानु नगरपालिकाले पालिकाका कृषकले उत्पादन गरेको कृषि उपज सहज रुपमा बजारीकरण गर्ने उद्देश्यले प्रत्येक शनिबार वडा नं. २ को नारेश्वरटारमा हाटबजार सञ्चालनमा ल्याएको छ । तस्विर : भञ्ज्याङ










