एक लाख नगदसहित तनहुँमा १५ जुवाडे पक्राउ

भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरस्थित क्विन वि रेष्टुरेन्टमा आइतबार दिउँसो कौडा खेलिरहेको अवस्थामा १५ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पाएको गोप्य सूचनाको आधारमाा रेष्टुरेन्टमा छापा मार्दा १५ जुवाडे ठूलो धनराशीसहित १५ जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, बिनय गुरुङ, देवेन्द्र सेढाइं, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गंगाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ र खड्काबहादुर गुरुङ रहेका प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

उनले भने, ‘उनीहरुबाट एक लाख १३ हजार नगद र १६ थान कौडा बरामद गरिएको छ ।’ पक्राउ परेकाविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयबाट जुवासम्बन्धी कसुरमा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker