पानीको कुवामा डुबेर तनहुँको भिमादमा एक महिलाको मृत्यु
भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिका-३ माझकोट पिपल भञ्ज्याङमा पानीको कुवामा डुबेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीय यम कुमारी थापाको कुवामा डुबेर मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
घर निजकै रहेको कुवामा पानी भर्न लिन गएकी थापाको सोही कुवामा डुबेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
घट्नाबारे उनका श्रीमान् केयर सिंह थापाले टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय भिमादमा जानकारी गराएका थिए । प्रहरी टोली तत्कालै घटना स्थल पुगि उक्त घटनाका विषयमा अनुसन्धान सुरु गरेको बताइएको छ ।
शव पोष्टमार्टमका लागि भिमाद स्वास्थ्य चौकीमा राखिएको तनहुँ प्रहरीले जनाएको छ ।