जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर योजना बनाउनुपर्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर स्थानीय तहले योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँ जिल्ला समन्वय समितिले आज बन्दिपुर गाउँपालिका–५ याम्पामा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उहाँले स्थानीय तहको योजना जनताको आवश्यकतामा केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।

विकास निर्माणका सवालमा सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले विकासका काममा राजनीति गर्न नहुने र समृद्ध तनहुँ बनाउन सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पथ, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, सरिता गुरुङ, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले एक वर्षको अवधिमा भएका उपलब्धि र कार्यक्रम कार्यान्वयनमा भोग्नुपरेका समस्याबारे वार्षिक समीक्षा गोष्ठीले निश्कर्ष निकाल्ने बताउँदै स्थानीय तहले गरेका राम्रा कामलाई सञ्चारमाध्यमको सहयोगमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

समीक्षा गोष्ठीमा ब्यास, शुक्लागण्डकी र भीमाद र भानु नगरपालिका तथा घिरिङ, देवघाट, बन्दीपुर, आँबुखैरेनी, ऋषिङ र म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आ–आफ्नो पालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker