तनहुँमा गाउँ/नगर शिक्षा योजना निर्माणका लागि क्षमता अभिवृद्धि तालिम

भञ्ज्याङ न्यूज

तनहुँमा गाउँ/नगर शिक्षा योजना निर्माणका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको आयोजना तथा जाईका आईमिन परियोजनाको सहयोगमा जिल्लाका १० वटै पालिकालाई पाँच दिने तालिम प्रदान गरिएको हो ।

तनहुँका ४ नगरपालिका र ६ गाउँपालिकाबाट सामाजिक विकास समिति संयोजक, नगर तथा गाउँ शिक्षा शाखा प्रमुख, नगर तथा गाउँ शिक्षा समितिमा रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत गरी ३१ जनालाई तालिम प्रदान गरिएको थियो ।

तालिमको समापन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव डा. तुलसी प्रसाद थपलियाले स्थानीय निकायमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार रहेकाले स्थानीय निकायले शिक्षा क्षेत्रको विकास, समस्याको पहिचान, क्रियाकलापहरुको छनोट, बजेट व्यवस्थापन आदि क्षेत्रको योजना बनाउनुपर्ने बताए ।

उनले स्थानीय निकायले ५ वर्षको क्रियाकलापहरु छनोट गर्दै १० वर्ष शिक्षा योजना बनाउन यो तालिम फलदायी हुने र यहाँ बनाईएका योजनाको खाकाको छिट्टै मुर्त रुपमा देख्न पाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा जाईका आईमिन प्रतिनिधि टोमोको मासुडाले स्थानीय स्तरका समस्या पहिचान स्थानीय निकायले नै गर्न सक्ने र ति समस्याको समाधान समेत स्थानीय तवरबाट नै हुने हुँदा योजना निर्माण गर्दा स्थानीय सरोकारवालाहरुको प्रत्यक्ष उपस्थिति र छलफलबाट हुनुपर्नेमा जोड दिए ।

त्यस्तै सहभागीहरुको तर्फाट भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव ध्रुवराज पौडेलले तालिम सम्पूर्ण रुपमा फलदायी रहेको र तालिमका दौरान भएका स्थानीय निकायगत समुह छलफलबाट शिक्षा योजनाको खाका तयार भएको, समस्या पहिचान, उद्देश्य निर्माण, सम्भावित क्रियाकलाप छनोट गर्न सक्षमता तालिमबाट प्राप्त हुनुका साथै तालिम पश्चात योजना निर्माणमा लाग्न सहज बनाएको बताए ।

तालिम शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशकद्वय घनश्याम अर्याल, रामचन्द्र शर्मा तथा भिमाद नगर शिक्षा अधिकारी उपसचिव पदमराज आचार्यल सहजीकरण गरेका थिए । शक्लागण्डकी नगरपालिकाका अधिकृत ज्योती प्रकाश तिम्सिनाको अध्यक्षतामा आयोजित समापन कार्यक्रमको सञ्चालन केन्द्रका शाखा अधिकृत बासुदेव वस्तीले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker