काँग्रेस चुनाव लड्छ, अधिनायकतन्त्रको होइन लोकतन्त्रको : बरिष्ठ नेता पौडेल

राजकुमार आले

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरताका लागि जनताले दिएको जनमतलाई प्रधानमन्त्री केपी ओलीले रक्ष्यानमा मिल्काइ दिएको बताएका छन् । तनहुँको शुक्लागण्डकि नगरपालिका ४ निवासी स्व. एकनाराण खनालको नवौँ पुण्य तिथिमा आयोजित शोक सभामा बोल्दै नेता पौडेलले संविधानमा हुदै नभएको अधिकार प्रयोग गरेर ओलीले जनताको घोर अपमान र उपेक्षा गरेको बताए ।

ओलीले चालेको कदम राष्ट्रघाती भएको बताउँदै यो गलत बाटोमा देशलाई लानदिन अदालतले संसद पुर्नस्थापना गर्नुपर्ने नेता पौडेलको भनाई छ ।

“संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न, देशलाई अस्थिरताको भुमरीमा पर्न नदिन, संविभान र प्राप्त जनताको अधिकारलाई बचाउन संसद पुर्नस्थापना गरिनुपर्छ” नेता पौडेलले भने, “यो जिम्मेवारी अदलतका न्यायमुर्तिको हातमा परेको छ, निश्चय नै अदालतले देश, जनता र लोकतन्त्रको हितलाई मध्यनजर गरेर फैसला गर्नेछ ।”

नेता पौडेलले यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेकाले कुनै किसिमको दबाव दिन नहुने बताए ।

“हामीले कुनै दबाब दिएका छैनौँ, दबाब त केपी ओलीले दिइरहेका छन् । यो मेरो राजनीतिक निर्णय हो, परेका रिट खारेज गरिदिनुस्” उनले भने, “सत्ताको शिखरमा बसेर केपीले राज्यशक्ति हातमा लिएर अदालतलाई धम्क्याइरहेका छन् , न्यायधिसहरुलाई धम्क्याइरहेका छन् ।”

“हामीले भनेका छौ, न्यायलयलाई धम्क्याउन पाउदैनौँ , न्याय मार्न पाउदैनौँ, संविधान कुल्चन पाउदैनौँ ” नेता पौडेलले भने, “यहि हो मौका भनेर काँग्रेसले चुनावमा जान हतार गर्नु हुदैन, काँग्रेसका बारेमा हाम्रा साथीहरु भ्रममा हुनुहोला, कम्युनिष्टको बहुमत थियो गइहाल्यो, अब चुनाव आइहाल्छ, हामी अगाडी ! भनेर यति हतार गर्न जरुरी छैन ।”

पौडेलले भने, “काँग्रेसका लागि चुनाव नौलो कुरा होइन, चुनाव लडौँला, चुनाव नलड्ने भन्दिन तर पहिला संविधान ठिक गरौँ । यहि संविधान र लोकतन्त्रलाई जोगाएर लोकतन्त्रकै चुनाव लड्छ काँग्रेस, यो अधिनायकतन्त्रको चुनाव होइन । नत्र भनेदेखि त पञ्चायतमा पनि चुनाव भएको थियो, काँग्रेसले त्यस्ता चुनाव बहिस्कार गर्दै आएको थियो ।”

उनले काँग्रेस सिद्धान्त र लोकतन्त्रका लागि लड्ने पार्टी भएकाले स्वार्थका लागि अवसर खोजेर नबस्ने जिकिर गरे ।

त्यस्तै नेता पौडेलले निस्वार्थ भावले लोकतन्त्रप्रति समर्पित व्यक्तित्व स्व. एकनाराण खनाललाई गुमाउनु परेको भन्दै दुख व्यक्त गरे । खनालको असल एवं सरल चरित्र र आचरणहरु लोकतन्त्रमा विश्वास गर्नेहरुका लागि प्रेरणाको श्रोत भएको नेता पौडेलले बताए ।

कार्यक्रममा संविधान सभा सदस्य तथा काँग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य धुव्र वाग्ले, काँग्रेसका तनहुँ कार्यवाहक सभापति जित प्रकाश आले, संविधान सभा सदस्य तथा काँग्रेसका महासमिति सदस्य रामचन्द्र पोख्रेल, महिला संघ तनहुँकि सभापति पवित्रा पौडेल, वडा नं ४ का वडा सभापति तथा वडाध्यक्ष शिवकुमार श्रेष्ठ, साविक ढोरफिर्दी गाविसका सभापति ठाकुर प्रसाद वाग्ले ,नेविसंघका जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि चुडामणी खनाल लगायतले स्व. खनालले प्रजातन्त्र स्थापनाका लागि पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker