खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि व्यासले आठौं व्यास नगर अल्ट्रा म्याराथन गर्ने

दमौली : तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ नारासहित माघ १६ गते ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हुँदैआएको यो अल्ट्रा म्याराथन व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटबाट सुरु भइ व्यास नगरपालिका –८ स्थित सहिद गाउँ पुलिमराङमा पुगेर समापन हुनेछ ।

४४ किलोमिटर लामो उक्त दौड मानुङकोट, अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै पुलिमराङसम्म सञ्चालन हुनेछ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभइ सहिदको बलिदान स्मरण गर्ने र स्थानीय पहिचान उजागर गर्ने अभियान भएको बताए ।

उनका अनुसार यस प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवर्धन गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि टेवा पुग्ने भएकोले गरिएको हो । नगर प्रमुख न्यौपानेले भने, “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ ।”

नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिए । धावकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोली परिचालन गरिने उनले बताए । सहभागी धावकलाई आवश्यक सूचना, मार्ग निर्देशन र सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिइने नगरपालिकाको प्रतिबद्धता रहेको छ ।

व्यास नगरपालिका वडा ६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिक स्थल र ऐतिहासिक क्षेत्रलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताउनुभयो ।

उनका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैंमा पर्यटन सम्भावनाले भरिपूर्ण रहेको छ । यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान गर्नेछ ।

आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट २०० भन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ८५ हजार ८२, ६५ हजार ८२ र ५५ हजार ८२ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने पाँच जना धावकलाई सान्त्वना पुरस्कारस्वरूप जनही १६ हजार ८२ रुपैयाँ प्रदान गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker