प्रेस चौतारी गण्डकी प्रदेशको अधिवेशन बिहीबार हुने

भञ्ज्याङ समाचारदाता/पोखरा

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशन फागुन १९ गते बिहीबार पोखरामा हुने भएको छ। साइमन पार्टी प्यालेस सिर्जनाचोकमा बिहान १० बजे सूरु हुने अधिवेशनको तयारीलाई तिव्रता दिइएको अध्यक्ष सुष्मा पौडेलले जानकारी दिनुभयो ।

प्रदेश अधिवेशनलाई भव्य बनाउन आयोजक समिति निर्माण गरेर कार्य अगाडि बढाइएको अध्यक्ष पौडेलको भनाई छ । ‘प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन बिहिबार हुँदैछ, अधिवेशनको तयारीमा तिव्रता दिदैं भव्य बनाउने प्रयास गर्दैछौं’ अध्यक्ष पौडेलले भन्नुभयो ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका २५० जना प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवर्द्धन, खोजपूर्ण, व्यवसायिक एवं अनुसन्धानमुलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरुको सञ्चालन, पेशागत सिप र पत्रकारको वृत्ति विकासमा सहयोग पुर्‍याउने कार्यमा प्रेस चौतारी नेपाल सधैं अग्रपंत्तिमा रहने गरेको छ ।

यो संगठन श्रमजीवि पत्रकारको हित रक्षाको लागि निरन्तर क्रियाशिल रहदै आएको छ । २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन समेत फागुन २७ र २८ गते पोखरामा हुँदैछ । विभिन्न उपसमितिको क्रियाशिलता कारण राष्ट्रिय महाधिवेशनको रौनक पोखरामा बढ्न थालेको छ । राष्ट्रिय महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker