डुम्रे साकोषको साधारण सभा सम्पन्न
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेको डुम्रे साकोषले आर्थिक वर्ष ०७७/०७८ को १५औं वाषिर्क साधारण सभा कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष रामकुमार पियाँको अध्यक्षतामा आयोजित कार्यक्रमको संस्थाका ज्येष्ठ नागरिक अजय नारायण पियाँले शुभारम्भ गरेका थिए ।
संस्थाका कोषाध्यक्ष शम्सेर बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिकवर्षमा १४ करोड बढिको कारोवार गरेको र २३.८३ प्रतिशत आम्दानी गरेको जानकारी गराएका थिए । यस्तै, संस्थाले आउँदो वर्ष१५ करोड माथिको कारोवार गर्ने लक्ष्य लिएको र सदस्यहरुको हितको लागि सामाजिक दायित्वका कामहरु पनि गर्ने लक्ष्य लिएको अध्यक्ष पियाँले बताए ।
संस्थाले सहकारीका सदस्य स्व. हिरा बहादुर कुमालको ऋण मिनाहा गरिएको कार्यालयका प्रमुख अच्युत सुवेदीले बताए । यस्तै, कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य सरिता पिया, कृष्ण कुमार पिया र लेखा संयोजक विकास कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










