तनहुँमा पहिरोमा परी ३ जना बेपत्ता

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेमा शनिबार दिउँसो घरमाथीबाट आएको पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण स्थानीय हिरा नेपाली र सुनमाया कुमालको घरमाथीबाट पहिरो आउँदै गर्दा छरछिमेक मिली घरभित्र रहेका सामान निकालने क्रममा पहिरोमा परेका प्रहरी उपरीक्षक अपिल बोहोराले बताए ।
स्थानीय ४० वर्षीया हिरा नेपाली, ३६ वर्षीय अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका उनले बताए । यस्तै, ४० वर्षीया बिष्णु बहादुर नेपाली, २६ वर्षीय बिशाल तिम्लसिना, ३५ वर्षीय रबि घिमिरे र १८ वर्षीय रुपकुमार नेपाली घाइते भएका प्रहरीले जनाएको छ ।
पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










