बैंकिङ कसुर र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

दमाैली : जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ साल वैशाख ३ गते बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई नियन्त्रणमा लिइएको हो। उनलाई सम्मानित जिल्ला अदालत तनहुँले ७ दिन कैद र रु २ लाख जरिवाना तोकेको थियो। पक्राउपछि उक्त महिलालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यस्तै, चोरी उद्योग मुद्दामा फरार रहेका एक पुरुषलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतले १७ दिन कैद र रु ५ हजार जरिवाना तोकेको थियो। नियन्त्रणमा लिएपछि उनले कैद भुक्तान गर्नुका साथै जरिवाना रकम तिरी रिहा भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker