तनहुँको बन्दीपुर -५ याम्पामा पड्के रोग नियन्त्रणका लागि खोप अभियान

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो । याम्पाका किसानले पालेको गाई मर्न थालेपछि विज्ञ केन्द्रले रगतको नमूना परीक्षणका लागि काठमाडौँ पठाएको थियो । ती गाई पड्के रोगका कारण मरेको पुष्टि भएपछि नियन्त्रणका लागि बुधबारदेखि खोप लगाउन थालिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयवासी अजित न्यौपानेको पाँच, गणेश थापाको तीन र काशीनाथ भट्टराइको दुइ वटा गाई मरेको थियो । गाई मरेसँगै पड्के रोगको शङ्का गरिएको थियो।

“केन्द्रबाट खोप मगाएर नियन्त्रणका लागि खोप अभियान सुरु गरेका छौँ, गाई मरेका फार्मका ४३ वटा गाईलाई पड्के रोग विरुद्धको खोप लगाउँछौ,” डा श्रेष्ठले भन्नुभयो । खोप लगाउनका लागि पशु प्राविधिक पिपिई लगाएर फार्ममा पुगेका छन् । यहाँका गाईलाई पड्केसँगै खोरेत रोग पनि देखिएको छ । त्यसको नियन्त्रणका लागि पनि पहल भइरहेको डा. श्रेष्ठले बताउनुभयो। “खोरेत देखिएकाले पनि समस्या भएको छ, केही गाई बिरामी परेका छन्,” उहाँले भन्नुभयो । पड्के सबै प्रकारको घरपालुवा पशु साथै मानिसमासमेत लाग्ने सबैभन्दा डरलाग्दो सरुवा रोग हो । यो रोग ‘ब्यसिलस एन्थ्राशीश’ नमाक जीवाणुबाट लाग्छ ।

खोरेत रोग देखिएपछि पशुबस्तुको आवतजावत र ओसारपसार बन्द

तनहुँको भीमाद नगरपालिकामा खोरेत रोग देखिएपछि नगर क्षेत्रभित्र पशुको आवतजावत र ओसारपसार बन्द गरिएको छ । भीमाद नगरपालिका-८ मा खोरतेसँग मिल्दोजुल्दो लक्षण देखिने गरी रोग देखा परेकाले पुस १३ गतेदेखि एक महिनाका लागि पशुको आवतजावत र ओसारपसार बन्द गरिएको हो । नगरप्रमुखस्तरीय निर्णय अनुसार खोरेत रोग लाग्ने गाईभैँसी, भेडाबाख्रा र बङ्गुरसुङ्गुरको ओसारपसार पूर्ण रूपमा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनुभयो । उहाँका अनुसार रोग निदानका लागि नमूना पठाइसकिएको छ ।

नगरपालिकाले खोरेत रोग नियन्त्रणमा सहयोग पुर्‍याउन अनुरोध गरेको छ । फार्म, गोठमा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न, अनावश्यक रूपमा अरुको फार्म, गोठमा नजान, गोठको काम गर्दा लगाएको लुगाकपडा र जुत्ताचप्पल अरु बेलामा प्रयोग नगर्न, फार्म, गोठमा पालिएका पशुबस्तुमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकैको पशुसेवा केन्द्रमा खबर गर्न र नियमित रूपमा फार्म, गोठ वरपर, चुन, साइट्रिक, एसिड वा भिर्कोन र्छन आग्रह गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker