चप्पल बनाउन सिक्दै महिला

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा सोमबारदेखि कपडाको चप्पल बनाउने तालिम सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशले संयुक्त रुपमा चप्पल बनाउने तालिम सञ्चालन गरेको हो । दश दिने उक्त तालिमको शुभारम्भ गर्दै सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले तालिम तालिमका लागि मात्र हुन नहुने बताए । तालिमका क्रममा सिकेको सीप व्यवाहारीक रुपमा उतार्न सकेमात्र प्रशिक्षार्थी माथि गरिएको लगानीको सदुपयोग हुने आचार्यले बताए । ‘तालिम पश्चात अपेक्षित उपलब्धी हासिल गरी सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादन गर्न सकिए मात्र तालिमको उपयोगिता बढ्छ’ उनले भने ।

तालिम पश्चात उत्पादित सामानको बजारीकरण, उत्पादनको लागि आवश्यक कच्चा पदार्थको व्यवस्थापनसम्मको चक्र सही रुपमा भएमात्र सीपको प्रभावकारीता बढ्ने र दीगो हुने आचार्यको भनाई थियो । साथै उनले बजारको माग अनुसार उत्पादन गर्न पनि महिलाहरुलाई सुझाव दिए ।

कार्यक्रममा व्यास-२ का वडा अध्यक्ष काशीराम श्रेष्ठले तालिमले व्यवहारिकता नपाउँदा आशा गरिएको उपलब्धी हासिल नभएको बताए। तालिम लिएपछि व्यक्तिको जीवनयापनमा परिवर्तन हुनुपर्नेमा जोड दिदै श्रेष्ठले भने ‘तपाईहरु सीप सिक्न तत्परता देखाउनुस, हामी जहाँबाट भएपनि तालिमको व्यवस्थापन गर्र्छौ ।’ महिला उद्यमी बिकास समितिकी अध्यक्ष शकुन्तला आलेको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइका सभापति भुपाल आले, महिला उद्यमी विकास समितिकी निवर्तमान सभापति राधिका परियार, सचिव संगिता प्रधान लगायतले तालिमको आवश्यकाता र महत्वका विषयमा चर्चा गरेका थिए ।

दमौलीका २० जना महिला प्रशिक्षार्थी रहेको उक्त तालिममा १० दिनसम्म साधना श्रेष्ठले कपडाको चप्पल बनाउन प्रशिक्षण दिइने समितिकी अध्यक्ष आलेले बताइन । तालिम पश्चात उत्पादित चप्पलको बजारीकरणमा समेत महिलालाई समितिले सघाउने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker