डुम्रेको सत्यसाई सहकारीद्वारा बाढीपीडितलाई रु. १ लाख ११ हजार आर्थिक सहयोग

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित श्री सत्यसाई बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावितका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी तटीय क्षेत्रका विभिन्न स्थानमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सहकारीले उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मंगलबार ग्लोबल आइएमई बैंक डुम्रे शाखामार्फत रु. १ लाख ११ हजार १११ कोषमा जम्मा गरिएको संस्थाका व्यवस्थापक अमृत बस्नेतले जानकारी दिए ।

सहकारीले विपद्का कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker