गणित शिक्षा परिषद् तनहुँमा नयाँ नेतृत्व
भञ्ज्याङ समाचारदाता (दमौली)

गणित शिक्षा परिषद् तनहुँको छैटौं जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिव कृष्णप्रसाद तिवारी, सहसचिव राजु ढकाल, कोषध्यक्ष पम्फादेवी श्रेष्ठ र सह कोषाध्यक्ष रामकाजी श्रेष्ठ चयन भएका छन् । यस्तै समितिका सदस्यहरूमा राधा घिमिरे, मोहन बस्ताकोटी, बेदबहादुर थापा र प्रकाश काफ्ले छन् । अधिवेशनले परिषद्को केन्द्रीय प्रतिनिधिमा सन्तोष न्यौपाने, अनिल श्रेष्ठ, ठाकुरप्रसाद खनाल, हरिश्चन्द्र घिमिरे र मिनबहादुर कार्कीलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रविराज पोखरेल, कृष्णबहादुर महत, सोमलाल रिमाल र गजेन्द्र पौडेललाई चयन गरेको छ भने निर्वाचन आयुक्तमा ज्ञानेन्द्र पण्डित र बेदनाथ पोखरेल रहेका थिए ।
अधिवेशनको उद्घाटन समारोहमा गणित शिक्षा परिषद्का केन्द्रीय महासचिव रमेशप्रसाद अवस्थीले संस्थाले दाताको सहयोग भन्दा पनि आफ्नै साधनस्रोतको उपयोगबाट गणित शिक्षाका समस्या समाधान गर्दै जानेगरेको बताए । संघीय सरकारलाई विषयगत जायज मागहरू राखिए पनि राज्यले त्यसको उचित सम्बोधन नगरेको धारणा व्यक्त गरे ।
कार्यक्रममा गणित शिक्षा परिषद् तनहुँका संस्थापक अध्यक्ष रमेशचन्द्र हड्खले, परिषद्का केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र न्यौपाने र भोजराज कोइराला, गण्डकी प्रदेश समितिका सचिव शरदचन्द्र खनाल, परिषद्को भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्ण गोसाइ, नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल (आरसी), परिषद्का पूर्व जिल्ला अध्यक्ष रामचन्द्र बगाले, नेपाली विषय समितिका अध्यक्ष रुक्मिणी पौडेल लगायतले गणित शिक्षाको जग कमजोर भएको बताउँदै यसको सिकाई उपलब्धि बढाउन आधारभूत तहदेखि नै सिकाई सहजीकरणमा सुधार गर्दै जानुपर्ने बताएका थिए ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले परिषद्को पालिकास्तरीय संगठन बिस्तार गर्दै जिल्लाभर परिषद्का कार्यक्रम पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । परिषद्का तनहुँ जिल्ला अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव नरेन्द्रनाथ न्यौपाने, स्वागत उपाध्यक्ष अनिल श्रेष्ठ, धन्यवाद ज्ञापन सहसचिव कृष्णप्रसाद तिवारीले गरेका थिए । उक्त अवसरमा परिषद्का विभिन्न कार्यक्रममा सहयोग गरेका विद्यार्थी पुस्तक पसल गणेशमानचोकका प्रोपाइटर ताराराम श्रेष्ठ र रिडमोर पब्लिकेशनका बजार प्रतिनिधि बसुन्धरा र्घर्तीलाई सम्मान गरिएको थियो । त्यस्तै मावि प्रथममा बढुवा भएका शिक्षक शरदचन्द्र खनाल, मावि द्वितीयमा बढुवा भएका ज्ञानेन्द्र न्यौपाने र निमावि द्वितीयमा बढुवा भएका राजु ढकाललाई सम्मान गरिएको थियो ।










