अविरल वर्षापछि तनहुँमा दुई स्थानमा घर जोखिममा, परिवार सुरक्षित स्थानमा सारियो

तनहुँमा अविरल वर्षापछि लेदो र बाढी घरमा पस्दा दुई स्थानका घर जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका–२ जामुने र घिरिङ गाउँपालिका–१ पुट्टारमा घर जोखिममा परेपछि प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको हो ।

म्याग्दे गाउँपालिका–२ जामुनेमा बुधबार राति करिब २ बजे अविरल वर्षाका कारण घरमाथिको बारीबाट बगरसहितको लेदो खिमादेवी विकको दुईतले पक्की घरमा पसेको थियो । लेदोका कारण घरको भुइँतलाको बीच कोठाको ढोका, झ्याल तथा पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर जोखिममा रहेकी विकलाई छिमेकीको घरमा सुरक्षित स्थानान्तरण गरेको थियो । घटनामा मानवीय तथा अन्नपातमा क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै, घिरिङ गाउँपालिका–१ पुट्टारस्थित गुहिय खोलामा आएको बाढीले खोलाको धार परिवर्तन गर्दा स्थानीयका कच्ची घरहरू जोखिममा परेका छन् । राति करिब ३ः३० बजे अविरल वर्षापछि आएको बाढी घरतर्फ पसेको थियो ।

बाढीको पानी स्थानीय भुमलाल दरैको घरसहित अन्य ३/४ वटा ढुंगा–माटोले बनेका कच्ची घरको तल्लो तलामा पसेको प्रहरीले जनाएको छ । घरभित्र पानी पसेपछि घरहरू जोखिममा परेका थिए ।

घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी पुट्टारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले जोखिममा रहेका घरका परिवारका सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ ।

दुवै घटनामा हालसम्म मानवीय तथा पशुचौपाय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा लेदो, बाढी तथा खोलाको धार परिवर्तन हुने जोखिम बढेकाले स्थानीयवासीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker