भिमाद नगरपालिकामा रु पाँच करोडका योजना माग

तनहुँको भिमाद नगरपालिकामा रु पाँच करोडका योजना माग गरिएको छ । नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सोमबार मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको हो ।

नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले विभिन्न दश योजनाका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गर्नुभयो । उहाँले सडकका ६, खानेपानीका दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनामा बजेट विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो । भिमाद नगरपालिकाअन्तर्गत भिमाद भागर मोटरमार्ग स्तरोन्नति, बगैँचा पोखरीडाँडा सडक ढलान, दैकेडाँडा खानापानी आयोजनालगायतका योजनाका लागि बजेट माग गरिएको छ ।

मन्त्री श्रेष्ठले समाजवादी पार्टीको सङ्गठन मजबुत बनाउनका लागि पनि अन्तर मन्त्रालयसँग समन्वय गरेर बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker