भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न : अध्यक्ष श्रेष्ठ
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आफूले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताएका छन् । जनताले जिताएर पठाएको प्रतिनिधि भएकाले जनताको शिर झुक्ने काम नगर्ने श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।
उनले आफूबाट भ्रष्टाचार नहुने र गलत काम गर्न खोज्नेलाई नछाड्ने समेत बताएका छन् ।
म्याग्दे गाउँपालिका-१ को बाख्रेमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साविक जामुने गाविस हुँदा पनि आफुले यस क्षेत्रको गरिव, उत्पीडित र दलित समुदायको उठानका लागि बोलेको तर सोचेअनुरुप यस क्षेत्रको विकास नभएको बताए ।
‘हरेक क्षेत्रमा राजनीति हुँदा आएको बजेटमा काम नहुने, भएता पनि बजेटमा दुरुपयोग भएको हुँदा विकासमा पछाडी परेको छ’, उनले भने, ‘आफू सधै गरिब र पिछडिएको वर्गको साथमा रहेको हुँदा आफूले सकेको विकास निर्माण र जनस्तरको विकासमा ध्यान दिनेछु ।’

वडाध्यक्ष मणिभद्र वाग्लेले जनताको सेवक भएर काम गर्नका आफू सदैव प्रतिबद्ध रहेको बताएका छन् । उनले जनताको पक्षमा काम गर्न जिम्मेवार लिएको हुँदा त्यसभन्दा फरक नहुने र विकास निर्माण, जनताको स्तर उकास्नका लागि स्थानीय सरकार र जनता सँगसँगै हिड्नपर्नेमा जोड दिए ।










