प्रस्ताव आए सहकार्य हुनसक्छ : पूर्वसहमहामन्त्री जोशी
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताएका छन् । ‘चित्तबुझदो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ’, दमौलीमा शनिबार पत्रकार सम्मेलन गरी उनले भने, ‘कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ । कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आ-आफ्नो तरिकाले चुनाव लड्छौं ।’
तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको उत्साह आफूप्रति मिलेको उल्लेख गर्दै नेता जोशीले त्यसक्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आई दिन आकांक्षा जाहेर गरेको बताए । माघ मसान्तसम्म पालिकास्तरीय भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उनले जानकारी गराए । कांग्रेसको संगठन बिस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा कांग्रेस तनहुँको आफूले नै स्थापना गरेको उनले दाबी गरे ।