व्यास नगरपालिकाद्वारा पशु बधशाला सञ्चालनमा

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-३ देउराली नगरमा पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यास नगरपालिकाले १३ लाख रुपैयाँको लगानीमा बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो । व्यास नगरपालिका क्षेत्रमा व्यवस्थित बधशाला नभएका कारण जथाभावी पशुबध गरिदा दुर्गन्ध फैलिन थालेपछि नगरपालिकाको सक्रियतामा बधशाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नवनिर्मित बधशालामा एकै पटक चार वटासम्म राँगा, भैँसी काट्न मिल्ने क्षमताको रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । पशुबध गरेपछि निस्कने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गर्ने योजना रहेको व्यास नगरपालिका कार्यालयले जनाएको छ । करिब २० घनामिटर क्षमताको बायोग्यास निर्माण गरेर बधशाला क्षेत्रमा विद्युत् प्रयोग गर्ने र बढी भएको विद्युत् स्थानीय मानिसलाई प्रदान गरिनेछ । बधशाला क्षेत्रमा मंगलबार मात्रै सौर्न्दर्यता प्रदान गर्ने किसिमका बिरुवा रोपिएको छ ।

म्याङ्गोस्टि्रक, गोलमोल, असारे र अन्य सिजनल जातका ४२ बिरुवा रोपिएको छ । उक्त बधशालामा सरसफाइ र फूलबारी संरक्षणका लागि पुल्चोक टोल विकास संस्थाको सिफारिसमा व्यास नगरपालिकाले स्थानीय विष्णु विकलाई राखेको व्यास-३ का वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।

नगरपालिकाले सधैं हेरचाह र सरसफाइ गर्न नसक्ने भएकाले उक्त स्थलको हेरचाह र सरसफाइका लागि स्थानीय एक महिलालाई रोजगारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । दमौली बजार क्षेत्रमा संघमा आबद्ध भई व्यवसाय सञ्चालन गर्दै आएका १०० भन्दाबढी मासु व्यवसायी रहेको मासु व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष मनबहादुर केसीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker