तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकामा डेंगी संक्रमण बढ्यो

दमौली : तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिका बजार क्षेत्रमा पछिल्लो केहीदिन यता डेंगी संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालय तनहुँले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत असारदेखि यता व्यास नगर क्षेत्रमा १ हजार ३९३ र शुक्लागण्डकीमा ४४० जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
नेपालीको महानपर्व दसैं पर्वलाई समेत खल्लो पार्ने गरी दमौली बजार क्षेत्रमा डेंगी संक्रमण फैलिएको छ । असोज दोश्रो साताको अविरल झरी पश्चात तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा दैनिक डेंगी संक्रमितको ग्राफ बढ्दै गएको छ। स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार जिल्लामा ३ हजार ७४४ जनामा डेंगी संक्रमण देखिएको छ ।
सदरमुकाम दमौली बजार क्षेत्रमा गत वर्ष महामारिकै रुप लिइएर डेंगी संक्रमण फैलिएको थियो भने यस वर्ष पनि दैनिक संक्रमितको संख्या बढ्दै गएपछि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरबासिलाई सचेत र सावधानि अपनाउन आग्रह गरेका छन् । यस रोगको संक्रमबाट बच्नका लागि मुख्य कुरा लामखुट्टेको टोकाईबाट बच्नुनै भएकाले सावधानि अपनाउन उनले आग्रह गरेका छन् ।
नगरप्रमुख न्यौपानले भने, ‘नगरपालिकाले डेंगी संक्रमणको लक्षण देखिएकाहरुको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ। यदि स्वास्थ्यमा गम्भिर समस्या देखिएमा थप उपचारका लागि स्वास्थ्य संस्थामा लग्नका लागि नगरपालिकाले एम्बुलेन्स र उपचारको व्यवस्था समेत मिलाइएको हुँदा सबै नगरबासिलाई सचेत र सावधानि अपनाइदिनु होला ।’
गत असार पहिलो सातादेखि तनहुँमा डेंगी संक्रमित भेटिएका थिए । आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्रमा सबै भन्दा बढी १ हजार ५६१ जनामा संक्रमण देखिएको छ । आँवुखैरेनीमा पछिल्लो केही दिन यता संक्रमितिको संख्य घट्दै गएको छ ।
तनहुँका १० वटै पालिकामा डेंगी संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार बन्दीपुर गाउँपालिकामा १३९, भानु नगरपालिकामा ४३, देवघाट गाउँपालिकामा ५३, भिमाद नगरपालिकामा ३७, म्याग्दे गाउँपालिकामा ४२, ऋषिङ र घिरिङ गाउँपालिकामा ४÷४ र अन्य जिल्लाका २८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
जिल्लास्थित सरकारी अस्पताल, पालिकाका अस्पताल र निजी क्लिनिकमा डेंगी संक्रमितहरु परीक्षण र उपचारका लागि सर्वसाधारण पुग्न थालेका छन् । डेंगी संक्रमितको संख्या बढ्दै जान थालेपछि आबुँखैरेनी अस्पतालले निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरेको छ भने अन्य पालिकाहरुले भने डेंगी संक्रमितको उपचार तथा परीक्षणको दायारालाई फराकिलो बनाएका छै्रनन् ।
डेंगी लामखुट्टेबाट सर्ने रोग हो । डेंगी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुनेहुँदा तीव्र भाइरल संक्रमण भएको विज्ञले बताएका छन् । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगी भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल रहने चिकित्सक बताउँछन् ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भएपनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन्। पछि त्यही लार्भा बन्छ। लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगी सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
डेंगी मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगी लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन्। धेरैमा डेंगी कडा हुँदैन तर, कसैकसैमा भने डेंगी संक्रणले जटिल अवस्था आउन सक्ने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिन विज्ञले आग्रह गरेका छन् । असारदेखि कात्तिकसम्म डेङ्गी संक्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको विज्ञले सुझाएका छन् ।
डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker