तनहुँको आँबुखैरेनीमा जन्ती बोकेको जीप दुर्घटना, २ जनाको मृत्यु, १६ घाइते

भञ्ज्याङन्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि आबुखैरेनी गाउँपालिका वडा नं.६ छापस्वारा बस्ने बर्ष ७२ को आसपुर गुरुङको घटनास्थलमा र ब्यास नगरपालिका वडा नं.९ गजौडे बस्ने बर्ष १७ की तुलसी गुरुङको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

आबुखैरेनी अस्पताल आबुखैरेनी तनहुँमा उपचार भईरहेको घाईतेहरु :

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघर बस्ने बर्ष १५ की सुबिना गुरुङ ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६७ को मन ब.गुरुङ ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३८ की सुकमाया गुरुङ ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६ की एलिसा गुरुङ ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष १९ की सबिता गुरुङ ।
जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ३ सुखौरा बस्ने बर्ष १० को सिसिर गुरुङ ।

नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेका घाईतेहरु :

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.१ गिराउनचौर बस्ने बर्ष ३८ को राजकुमार बश्वकर्मा (चालक)
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ५६ को सोमलाल गुरुङ ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघरफाट बस्ने बर्ष ७० को भक्कुलाल गुरुङ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker