आजबाट तनहुँका शिक्षण संस्था, अदालत, फिल्म हल, धार्मिक क्षेत्र खुले

भञ्ज्याङ न्यूज

कोभिड-१९ कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण फैलिएसंगै बन्द भएका तनहुँका शैक्षिक संस्थाहरु आजबाट खुलेका छन् । विद्यालय खुल्ला गर्न अनुमति पाएसंगै विद्यालयहरुमा आजबाट भौतिक रुपमै पठनपाठन सुरु भएको छ ।

सरकारको निर्णय बमोजिम जिल्ला कोभिड व्यवस्थापन समिति तनहुँले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी आइतबारबाट शैक्षिक संस्था सञ्चालन गर्न अनुमति दिएको हो। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बिहीबार आदेश जारी गर्दै विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेण्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएका हुन।

यस्तै, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ। जारी आदेशमा सबै किसिमका परीक्षाहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जेड आधारमा सिट व्यवस्थापन गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।

कोभिड-१९ को जोखिम कम नभएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा साथमा खोपकार्ड राख्न समेत समितिले अनुरोध गरिएको छ ।

सभा सम्मेलन, जुलुस, तथा मेलामहोत्सव जस्ता भिडभाडजन्य गतिविधि गर्न रोक लगाइएको छ भने सार्वजनिक यातायात, पार्टी प्यालेस लगायतका क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरी क्षमता भन्दा आधा मानिसको सहभागितामा सञ्चालन गर्ने र कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा देखाउनुपर्ने भनिएको छ।

यस्तै, कोभिड संक्रमण जोखिम न्यूनकरणका लागि भन्दै बन्द गरिएका जिल्लाका धार्मिकस्थलहरु पनि आजबाट र्सवसाधारणका लागि खुल्ला गरिएको छ । छाब्दी बाराही मन्दिर, ढोरबाराही मन्दिर, देवघाट लगायतका धार्मिक क्षेत्र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आजबाट र्सवसाधारणका लागि खुल्ला गरिएको हो ।

कोरोना जोखिमका कारण स्थगित गरिएको तनहुँ अदालतका सेवा पनि आजबाट सुचारु हुने भएको छ । न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि माघ १३ देखि स्थगित गरिएका सबै सेवा आज आइतबारदेखि सुचारु हुने भएको हो । सेवा संकुचन अवधिमा म्याद तारेख परेका व्यक्तिहरुले सेवा सञ्चालन भएका मितिले एक महिनाभित्र उपस्थित भइ सेवा लिन अदालतले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker