एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्टा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेको गत असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
यसअघि पार्टीको नवाँै महाधिवेशन पनि काठमाडौँमा गरिएको थियो भने १०औँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिरमा चितवनमा गरिएको थियो ।

महाधिवेशनमा करिब दुई हजार एक जना प्रतिनिधि सहभागी हुने

पार्टीको ११औँ महाधिवेशनमा करिब दुई हजार १०० जना प्रतिनिधि सहभागी हुने भएका छन् । आज बसेको सचिवालय बैठकले महाधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड बनाउँदै करिब दुई हजार १०० जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको उपमहासचिव प्रदीप जानकारी दिनुभयो । महाधिवेशनका लागि मङ्सिर १३ गते एकैदिन देशैभर प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो ।
उपमहासचिव ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका ३५४ जना, अनुशासन आयोगबाट २९, केन्द्रीय लेखा आयोगका ३०, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट २५÷२५ जना प्रतिनिधि हुनेछन् । यस्तै, महाधिवेशनका लागि करिब ९०० जना प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सहभागी हुनेछन् ।
विशेष जिल्लाबाट ४७, दलितबाट ८१, टे«ड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रीय विभाग र पार्टीको केन्द्रीय कार्यालयबाट ३३ र २३ वटा जनसङ्गठनबाट १२७ जना महाधिवेशनमा प्रतिनिधि हुने पनि जनाइएको छ ।
महाधिवेशनका लागि छ लाख ६७ हजार ६३० जना पार्टी सदस्यबाट नै विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने उपमहासचिव ज्ञवालीले बताउनुभयो । प्रतिनिधि चुनिएको विवरण मङ्सिर १५ गते साँझसम्म पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न अनुरोध गरिएको बताउनुभयो ।
मुख्यतः प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन हुनेछन् । एउटा निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनौट हुनेछन् । त्यसबाहेक हरेक ८०० जना सदस्य सङ्ख्या बराबर थप एक जना प्रतिनिधि चयन हुनेछन् । यसरी चुनिनेमा महिला हुनेछन् ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि एक तिहाइ महिला सुनिश्चित गरिने उपमहासचिव ज्ञवालीले बताउनुभयो । यस्तै, हरेक ५०० जना दलित सदस्य सङ्ख्या बराबर एक जना दलित, आरक्षण क्षेत्रमा टे«ड युनियनबाट दुई जना खुलासहित सात जना प्रतिनिधि चयन हुने पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै, प्रत्येक जनसङ्गठनबाट दुई जना खुलासहित पाँच जना अनिवार्य हुनेछन् । महासङ्घको ढाँचामा रहेका जनसङ्गठबाट सात जना, हरेक ३२ वटा विभागबाट एक÷एक जना प्रतिनिधि चयन हुनेछन् । प्रदेश कमिटीबाट तीन खुला र दुई जना महिला गरेर पाँच जना प्रतिनिधि चयन हुनेछन् । प्रवासमा प्रत्येक छ वटा प्रदेशस्तरका कमिटीबाट पाँच जनाका दरले प्रतिनिधि छनोट हुनेछन् ।
उपमहासचिव ज्ञवालीले ती प्रतिनिधिमा करिब पाँच प्रतिशत नबढ्ने गरी आवश्यकताअनुसार पार्टीले प्रतिनिधि मनोनयन गर्ने बताउनुभयो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि जनपरिचालन

यसैगरी पार्टीले संविधान र लोकतन्त्रको रक्षाका लागि जनपरिचालन र काठमाडौँमा मङ्सिर ६ गते जनसभा गर्ने निर्णय गरेको छ । यस्तै, कात्तिक २२ गते वडास्तरमा भेला, कात्तिक २५ गते पालिकास्तरीय जनप्रदर्शन, कात्तिक २९ गते जिल्लास्तरीय जनसभा गर्ने निर्णय गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै, बैठकमा गत भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशनमा प्रस्तुत गरिएका दस्ताबेजलाई सुझावसहित अन्तिम रूप दिने निर्णय गरेको छ । कात्तिक २० गतेसम्म प्रतिवेदनलाई अन्तिम रूप दिएर प्रकाशन गरिने जनाइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker