परियार सेवा समाज तनहुँको अध्यक्षमा गोतामे निर्वाचित

भञ्ज्याङ समाचारदाता/दमौली

परियार सेवा समाज तनहुँको चौथो जिल्ला अधिवेशनबाट गणेश कुमार गोतामे अध्यक्षमा निर्वाचित भएका छन् । गोतामेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमिति चयनका लागि आइतबार भएको निर्वाचनमा गोतामेले ५९ मत ल्याएर बिजयी भएका हुन् । कूल खसेको ७६ मत खसेको थियो । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी रामबहादुर गुइदेलले १४ मत पाएका थिए ।

समाजको उपाध्यक्षमा लक्ष्मण परियार बिजयी भएका छन् । उनले २३ मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदका प्रतिस्पर्धी गोपि परियार २०, हरि परियारले १६ र सुक बहादुर परियारले ११ मत प्राप्त गरेका थिए ।

त्यस्तै, सचिवमा बुद्धकुमार परियार बिजयी भएका छन् । सचिवमा तीन जनाको चुनावी प्रतिस्पर्धामा देब बहादुर दर्जी र बुद्ध कुमार परियारले २६/२६ मत प्राप्त गरेका थिए भने दिनेश परियारले १९ मत पाएका थिए । दुइ जना उम्मेदवारले समान मत पाएपछि गोलाप्रथा प्रणालीबाट बुद्ध बिजयी भएका हुन् ।

समाजको कोषाध्यक्षमा लक्ष्मी परियार सर्वसम्वत निर्वाचित भएका छन् । सहसचिवमा रमेश सेवा निर्वाचित भएका छन् । सेवाले ४५ मत प्राप्त गरेका छन भन् उनका प्रतिस्पर्धी बिनोद परियारले २५ मत पाएका थिए ।

अधिवेशनमा जिल्लाका २२ वटा इकाईबाट उपस्थिती रहेको थियो । अधिवेशनले भेगीय आधारमा सदस्यहरु सर्बसम्मत चयन भएका छ। सदस्यहरुमा अन्जान परियार, प्रताप परियार, अबिन परियार, राम बहादुर परियार, ज्ञानेन्द्र दर्जी, कृष्ण बहादुर परियार, लुम बहादुर परियार, शिव परियार, धन बहादुर परियार ब्यास ४, ध्रुब परियार, धन बहादुर परियार ब्यास-१३, धर्मराज परियार, सोम बहादुर दर्जी, सुमित्रा परियार बन्दिपुर, सुमित्रा परियार ब्यास १, मायाँ परियार र बिष्णु माया परियार चयन भएका छन् ।

निबर्तमान अध्यक्ष राम बहादुर गुइदेलको अध्यक्षतामा आयोजित अधिवेशनको परियार सेवा समाज केन्द्रीय बरिस्ठ उपाध्यक्ष प्रेमदेवी परियारले उद्घाटन गर्दै परियारहरु एकजुट भई रचनात्मक काम गर्दै सांस्कृतिक र सिपको प्रबर्द्धन गर्नु आग्रह गरिन ।

कार्यक्रममा समाजका केन्द्रीय सचिव लाल बहादुर परियार, समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष एवं राष्ट्रिय दलित आयोगका पुर्व सदस्य सचिब सिताराम घले, केन्द्रीय सचिवालय सदस्य जुम बहादुर परियार, स्याङ्जा जिल्ला अध्यक्ष लिल बहादुर परियार, कास्की जिल्ला अध्यक्ष किसान सेवा, तनहुँका संस्थापक अध्यक्ष भेगराम परियार, तनहुँका पूर्ब अध्यक्ष राम बहादुर घले, सुनचाँदी ब्यवसायी संघ तनहुँका अध्यक्ष बिनोद कुमार बिक (बिकास), मिझार समाज तनहुँका अध्यक्ष रण सिं नेपाली, तनहुँ सीप बिकासका अध्यक्ष रमेस सेवा र रिर्टर्नी माइग्रेड तनहुँका अध्यक्ष हरि परियारलगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker