बोलेरो जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ बरचौरमा आइतबार साँझ जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सडक दुर्घटनामा परेर स्थानीय ४० वर्षीय मनोज खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग२च ७४७४ नम्बरको बोलेरो जीपले विपरित दिशातर्फ जाँदै गरेको ग७प ५८२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक खनालको मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाइते खनालको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि खनालको ज्यान गएपछि स्थानीयले दोसिलाई कारवाहीको माग गर्दै केही समय राजमार्ग अवरुद्ध बनाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker