तनहुँका ५ सहित गण्डकीमा १०० जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ७६३ जनामा गरिएको नमूना परिक्षणमा १०० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ४१ महिला ५९ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ४४,बागलुङ १३, स्याङ्जा १०, म्याग्दी ७,पर्वत ३, गोरखा ६,लमजुङ १, तनहुँ ५ र नवलपरासी पूर्वमा १० जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ९८८ पुगेको छ ।
गण्डकीमा मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नियमित मृत्युदर रहेको गण्डकीमा मंगलबार भने कसैको पनि मृत्यु भएको छैन्। गण्डकीमा अहिलेसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३७१ पुगेको छ ।
प्रदेशमा पछिल्लो चौबिस घण्टामा १२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ६८२ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ३५ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।