युवा संघ तनहुँको अध्यक्षमा मदन
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेको भातृ संगठन युवा संघ तनहुँको अध्यक्षमा मदन तिमिल्सिना चयन भएका छन् । यस्तै, संघको केन्द्रीय सदस्यमा तनहुँका तीन जना चयन भएका छन् । पोखरामा सम्पन्न युवा संघको केन्द्रीय सचिवालय बैठकले तनहुँका तीन जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो ।
केन्द्रीय सदस्यमा भीमादका उज्वल खनाल, शुक्लागण्डकीका इश्वरकुमार श्रेष्ठ र तीर्थराज खनाल चयन भएका छन् । बैठकले तनहुँको इन्चार्जको जिम्मेवारी खनाललाई दिएको छ । बैठकले दुइ हजार चार सय जनाको कमिटीलाई तीन सय ५१ मा झारेर आयोजक कमिटी बनाएको खनालले जानकारी दिए ।