राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनोट, तनहुँका ४७ विद्यालय छानिए
भञ्ज्याङ समाचारदाता/दमौली
सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सो छनोट गरेको हो।
छानिएकामध्ये चारकोठे भवन ९७६, दुइकोठे भवन ९६६, आइसिटी ल्याब व्यवस्थापन दुइ हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।
चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपैयाँ, दुइकोठे भवन निर्माणका लागि १८ लाख रुपैयाँ, आइसिटी ल्याब व्यवस्थापनका लागि छ लाख ५० हजार रुपैयाँ, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख छ हजार रुपैयाँ, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख रुपैयाँ र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रुपैयाँ रकम छुटयाइएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रुपैयाँ रकम छुटयाएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रुपैयाँ रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याउनुपर्ने व्यवस्था गरिएको छ ।
उक्त कार्यक्रमका लागि तनहुँको १० वटा पालिकाबाट ४७ वटा विद्यालय छानिएका छन् । देवघाट गाउँपालिकाका चार, आँबुखैरेनी गाउँपालिकाका चार, बन्दीपुर गाउँपालिकाका पाँच, भानु नगरपालिकाका पाँच, व्यास नगरपालिकाका सात, म्याग्दे गाउँपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका पाँच, भिमाद नगरपालिकाका छ, ऋषिङ गाउँपालिकाका चार, घिरिङ गाउँपालिकाका चार विद्यालय छनोट भएका छन् ।
कार्यक्रमका लागि देवघाट गाउँपालिकास्थित आदर्श शिक्षा माविको चार कोठे भवनका लागि ३६ लाख, कालिका माविमा दुइ कोठे भवनका लागि १८ लाख, जुनोदय आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र पार्वती माविमा कम्प्युटर प्रयोगशालाको लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविमा विज्ञान प्रयोगशालाका लागि १० लाख, कन्यादेवी माविमा चार कोठे भवनका लागि ३६ लाख, लक्ष्मी माविमा दुइ कोठे भवनका लागि १८ लाख र मर्स्याङ्दी सामुदायिक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
यस्तै, बन्दीपुर गाउँपालिकाको शिवशक्ति आविमा दुइ कोठे भवनका लागि १८ लाख, झारगाउँ आविमा चार कोठे भवनका लागि ३६ लाख, चन्द्रोदय आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, जगदीश्वर आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र विष्णु माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी गराएका छन् ।
कार्यक्रमका लागि भानु नगरपालिकाको होमराज लोहनी शारदा शिक्षा सदनमा चार कोठे भवनका लागि ३६ लाख, सरस्वती सदन माविमा दुइ कोठे भवनका लागि १८ लाख, राष्ट्रिय माविमा चार कोठे भवनका लागि ३६ लाख, भानु संस्कृत माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र पुर्कोट माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।
त्यस्तै, व्यास नगरपालिकाको शिव माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, जलदेवी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, इन्दु माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, उदय माविमा दुइ कोठे भवनका लागि १८ लाख, वाराही माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, निर्मल माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र चण्डिदेवी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।
म्याग्दे गाउँपालिको मिन माविमा चार कोठे भवनका लागि ३६ लाख, राधा माविमा दुइ कोठे भवनका लागि १८ लाख र महेन्द्र माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।
शुक्लागण्डकी नगरपालिकाको तालवेशी माविमा चार कोठे भवनका लागि ३६ लाख, जनप्रेमी माविमा दुइ कोठे भवनका लागि १८ लाख, खैरेनी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, छब्दी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र शहीदकृष्ण माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
यस्तै, भिमाद नगरपालिको मंगलोदय माविमा चार कोठे भवनका लागि ३६ लाख, रघु माविमा दुइ कोठे भवनका लागि १८ लाख, दिपक माविमा चार कोठे भवनका लागि ३६ लाख, पृथ्वी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, शंकर माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र अरुणोदय माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
ऋषिङ गाउँपालिकास्थित बाल विकास माविमा चार कोठे भवनका लागि ३६ लाख, शहीद गङ्गा माविमा दुइ कोठे भवनका लागि १८ लाख, श्रृङ्ग माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, अम्मर माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।
घिरिङ गाउँपालिकाको पशुपतिनाथ आविमा दुइ कोठे भवनका लागि १८ लाख, कामधेुन माविमा चार कोठे भवनका लागि ३६ लाख, महेन्द्रज्योति माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र कृष्ण माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
यस कार्यक्रममा सहभागि हुनका लागि देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आइसिटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए । गण्डकी प्रदेशमा यस कार्यक्रमका लागि १३० विद्यालय चारकोठे, १२५ दुइकोठे, २५५ आइसिटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौटसंगै मापदण्डहरु समेत सार्वजनिक गरेको छ । छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ ।
सो कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।










