प्रदेश अस्पताल दमौलीमा “इन्डोसकोपी सेवा” थपियो

दमौली : तनहुँको दमौलीस्थित प्रदेश अस्पताल दमौलीले विभिन्न उपचार सेवाहरु थप गर्दै लगेको छ । अस्पतालले हालै इन्डोसकोपी सेवा थप गरी उपचार सेवा दिंदै आएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया, हाँडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा पनि विस्तार गरेको छ ।
शल्यक्रियामार्फत प्रसूति सेवा चार महिनापछि पुनः सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए । उनका अनुसार अधिकांश छात्रवृत्तिका करार विशेषज्ञ चिकित्सको व्यवस्थापन गरी सेवा विस्तार गरिएको छ । ‘जनशक्ति अभावमा लामो समयदेखि रोकिएको शल्यक्रियामार्फत प्रसूति सेवा जनशक्तिको व्यवस्था भएसँगै सञ्चालनमा ल्याइएको छ’, प्रमुख डा. बरालले भने, ‘सर्जरी सेवा र एमडिजिपी सेवा आर्थिक वर्ष २०८०/८१ मा र पाठेघर फाल्ने शल्यक्रिया सेवा चालु आर्थिक वर्ष २०८१/८२ मा सुरु गरिएको हो ।’
डा. बरालका अनुसार पेट, छाती तथा मुटुरोग विशेषज्ञ एक जना, हाँडजोर्नी तथा नसा रोग विशेषज्ञ दुई जना, स्त्री तथा प्रसुति रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ चार जना, रेडियोलोजिष्ट एक जनाले मंगलबार र बिहीबार गरी हप्ताको दुई दिन, प्रत्येक हप्ताको बिहीबार एनेस्थेसियाको सेवा उपलब्ध रहेको छ ।
शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमा हर्निया, हाइड्रोसिलको सर्जरी सेवा सञ्चालन गरिएको छ । त्यस्तै, अस्पतालले गत साउन १४ गतेदेखि पहिलोपटक पाठेघर फाल्ने शल्यक्रिया सेवा पनि प्रदान गर्दै आएको छ ।
अस्पतालका प्रसूति विशेषज्ञ डा. कुमार विष्टको समूहले एकजना महिलाको पाठेघर फाल्ने शल्यक्रिया सेवा सञ्चालन गरिसकेका छन् । प्रदेश अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा यस आसपासका भेगका महिलालाई सेवा लिन सहज बन्दै गएको प्रमुख डा. बरालले बताए। उनले भने, ‘यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपथ्र्यो, अब यहीँ यो सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।’
पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५४ शय्याबाट सेवा दिइरहेको छ । हालै मात्रै गण्डकी प्रदेश सरकारले ५० शय्या बनाउने निर्णय गरी काम अघि बढिरहेको छ । वि.सं. २०३४ मा स्वास्थ्य चौकीको रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएका यो अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । अस्पतालबाट दमौलीसहित गोरखा, लमजुङ जिल्लाका बासिन्दाले समेत उपचार सेवा लिदै आएका छन् ।
यस्तै, अस्पतालमा फोहोरपानी, फोहोरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधिकक्ष लगायत सेवा उपलब्ध रहेका छन् ।
अस्पतालमा दुई जनाको शव राख्ने क्षमता भएकोमा तीन वटा थप भई पाँच वटा बनाईएको छ। आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवा समेत अस्पतालले उपलब्ध गराउँदै आएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker