कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताउनुभयो ।

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो । “युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उहाँको जिकिर थियो ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकासका निमित्त कांग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो । निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रष्ट पार्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker