दमौलीमा नमुना मतदान

आगामि फागुन २१ गते हुने प्रतिनिधिसिभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानमा सोमबार नमुना मतदान गरिदै ।

त्यसक्रममा सुरक्ष निकायहरु बीच मतदानस्थलमा आईपर्न सक्ने विविध सुरक्षा चुनौतीको व्यवस्थापन सम्बन्धमा संयुक्त अभ्यास गरिएको थियो । आगामि निर्वाचनका लागि तनहुँमा १४४ वटा मतदान केन्द्र कायम गरिएकामा ८ वटा अति संवेदनशील, ५२ वटा संवेदनशील र ८४ वटा सामान्यको सूचिमा राखेर आवश्यक सुरक्षा व्यवस्था र तयारीको प्रक्रिया अगाडि बढाइएको छ । तस्विर : भञ्ज्याङ










