भानुमा तोरी खेतीको प्रदर्शनी कार्यक्रम

तनहुँको भानु नगरपालिकाको कृषि विकास शाखाले यस वर्ष वडा नं. ८ मा तोरी बालीको डेमोन्स्ट्रेसन कार्यक्रम सञ्चालन गरिदै । एउटै खेतमा फरक–फरक बीउ र प्रविधी प्रयोग गरी उत्पादनमा देखिने अन्तर किसानलाई प्रत्यक्ष रूपमा देखाउने कार्यक्रमको उद्देश्य रहेको छ ।
कार्यक्रमअन्तर्गत प्लट नं. १ मा सुधारिएको बीउ र सुधारिएको प्रविधी, प्लट नं. २ मा लोकल बीउसहित सुधारिएको प्रविधी तथा प्लट नं. ३ मा सुधारिएको बीउ प्रयोग गरी परम्परागत प्रविधी अपनाइएको छ । यी तीनवटै प्लटको तुलनाबाट कुन बीउ र प्रविधीको संयोजनले राम्रो उत्पादन दिन्छ भन्ने कुरा किसानहरूले आफ्नै आँखाले देख्न र खेतमै प्रत्यक्ष सिकाइ गरिने भएको छ ।
डेमोन्स्ट्रेसन कार्यक्रमले बीउ र प्रविधीको महत्व बुझाउँदै तोरी उत्पादन वृद्धि र व्यावहारिक ज्ञान अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तस्विर : भञ्ज्याङ










