आठौं तनहुँ महोत्सव : पूर्व तयारी बैठक, आवश्यक तयारी अन्तिमचरणमा
भञ्ज्याङ न्यूज

तनहुँ उद्योग बाणिज्य संघको आयोजना तथा दमौली बजार इकाई समितिको सहआयोजनामा हुनगईरहेको आठौं तनहुँ महोत्सवको पूर्व तयारी बैठक बसेको छ । व्यास-३ बिपी बनबाटिकामा यही चैत्र १० देखि २० गतेसम्म हुनगईरहेके महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने र आवश्यक तयारी अन्तिमचरण्मा पुगेको बैठकमा जानकारी गराइएको थियो ।
संघका पूर्व अध्यक्ष, सल्लाहकार एवं निर्णायक समितिको सहभागितामा बसेको बैठकले महोत्सव भव्य र सभ्य रुपमा सफल बनाउन सबैले आ-आफ्नो जिम्मेवार र क्षेत्रबाट सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए । साथै उद्घाटन दिनको औपचारिक कार्यक्रमलाई प्रभावकारी बनाउन जतिसक्दो छोटो गर्ने सुझाब बैठकले दिएको छ ।
संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महोत्सवमा व्यपारीक प्रयोजन, कृषि, हस्ताकला लगायतका दुइ सय दश वटा स्टल निर्माण गरिएकोमा सबै बुकिङ भैसकेको महोत्सवका प्रवक्ता इमकुमार मल्लले जानकारी गराएका थिए ।
महोत्सवको मुख्य प्रायोजक जावलाखेल गु्रप अफ इडष्ट्रिज प्रा.लि. र सहप्रायोजकमा एनआइसी बैक बैकिङ पार्टनर रहेको बताइएको छ । महोत्सवमा रमाइलो मेलामा झोला, नाऊ, बच्चाको निकेमाउस लगायतका रमाइलो मेलाका आकर्षण साभाग्रीहरु दमौली ल्याइसकिएको छ । तनहुँको पुर्वीनाका आँबुखैरेनी र पश्चिम नाका कोत्रेमा स्वागत गेट निर्माण गरिएको छ ।
त्यसैगरी सफासडक चोकमा पनि मुख्य स्वागत गेट निर्माण गरिएको छ । दमौलीको सफासडक लाइन, न्युरोड टोल, मालपोत लाइनमा रङरोगनका साथै ध्वजापतका टाँगेर आकर्षक बनाइनुका साथै महोत्सवस्थलमा आकर्षक बनाइएको छ । स्टल निर्माण र स्टेज निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।










