तनहुँका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसले सम्मेलन गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका चारवटै प्रदेश सभा क्षेत्रमा नेपाली कांग्रेस तनहुँले सम्मेलन गर्ने भएको छ । पार्टी जिल्ला सभापति जीतप्रकाश आलेको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको विशेष बैठकले दुइ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका चार प्रदेशसभा क्षेत्रमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार साउन २० गतेदेखि ३० गतेसम्म विशेष आन्तरिक अभियान चलाउने निर्णय भएबमोजिम प्रदेश सम्मेलन गर्ने निर्णय गरिएको पार्टीका जिल्ला प्रवक्ता हरि वाग्लेले बताए । वाग्लेका अनुसार क्षेत्र नम्बर १ प्रदेश १ को साउन २७ गते दमौलीमा, प्रदेश २ को २९ गते डुम्रेमा, क्षेत्र नम्बर २ प्रदेश १ को २२ गते खैरेनीटारमा र प्रदेश २ को २५ गते भिमादमा सम्मेलन हुनेछ । यस्तै केन्द्रीय प्रतिनिधिको समन्वयमा क्षेत्र नम्बर १ को डुम्रेमा साउन २४ गते र क्षेत्र नम्बर २ को २३ गते खैरेनीटारमा बैठक आयोजना गरिनेछ ।

पार्टीले आन्तरिक अभियान चलाउनका लागि केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य नानु बास्तोलालाई खटाएको । बैठकले तनहुँका प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेश सभा क्षेत्रीय समिति, पालिका कार्यसमिति, वडा समिति र टोल समितिको विस्तारित बैठक राखी सम्बन्धित समितिको समाधान गरी कमीकमजोरीलाई सच्याएर पार्टीका सदस्य जनप्रतिनिधिलाई परिचालन गरी पार्टीको आन्तरिक सङ्गठन सुदृढ गर्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्य ध्रुव वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल लगायतले अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker