विवादमा परेका शुक्लागण्डकीका दुइ उद्योग वाणिज्य संघबीच गोलाप्रथाबाट पद विभाजन गर्दै एकीकरण गरियो

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्र क्रियाशील दुइ उद्योग वाणिज्य संघबीच एकीकरण गरिएको छ । शुक्लागण्डकीका व्यवसायी तथा अन्य अग्रजहरुको उपस्थितिमा विगत लामो समयदेखि क्रियाशील दुइ उद्योग वाणिज्य संघबीच शुक्रबार एकीकरण गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी र प्रदेश सदस्य लक्ष्मी त्रिपाठीको उपस्थितिमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी उद्योग वाणिज्य संघबीच एकीकरण गरिएको छ ।

एकीकरण पश्चात अब शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ नाम कायम गरिएको छ । दुबै संस्थाको तर्फाट प्रतिनिधित्व हुने गरी अब नयाँ कार्य समिति गठन हुने शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव हरि थापाले बताए ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघबाट प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र आठ सदस्यको प्रतिनिधित्व रहनेछ भने शुक्लागण्डकी उद्योग वाणिज्य संघबाट अध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र नौ सदस्यको प्रतिनिधित्व रहने गरी एकीकरण गरिएको महासचिव थापाले बताए ।

आइतबार दुवैतर्फाट प्रतिनिधित्व हुने गरी नयाँ कार्य समिति घोषणा गरिने भएको छ । दुवै संस्थाको तर्फबाट चैत २४ गतेदेखि महोत्सव आयोजनाको तयारी गरिएको थियो । अब महोत्सव एकै संस्थाको तर्फाट आयोजना गरिने संघका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘दुवै संस्थाबीच एकीकरण भएपछि ऐतिहासिक काम भएको छ । महोत्सवका कारण पनि संस्था मिलाउन दबाब पुग्यो । यो कार्य ढिलो चाँडो हुनुपथ्र्यो । त्यो आज सम्भव भयो ।’ दुवै संस्थाका अध्यक्ष वसन्त ज्वारचन र हरिकुमार श्रेष्ठ संस्थापक अध्यक्षको रुपमा रहेन भएका छन् ।

यस्तै, नवगठित कार्यसमितिले तीन महिना भित्र दुबै संस्थाका सदस्यहरुको एकीकरणको भेला आयोजना गर्ने, एकीकरण पश्चात गोलामा नपरेको संस्था एकीकरण भेलाको ३५ दिन भित्र संस्था खारेजीको निम्ति जिल्ला प्रशासन कार्यालय लगायत अन्य सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ ।

गोला प्रथाबाट स्वीकृत भएको संस्थालाई सदस्यता प्राप्तिका निम्ति नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशमा प्रक्रिया अगाडि बढाउने भेलाले निर्णय गरेको महासचिव थापाले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker