देउसीभैलोको रकमबाट दीर्घरोगीहरुलाई सहयोग

भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिका स्थित भिमाद एफएमले देउसी भैलोबाट संकलित रकम सहयोग गरेको छ । कार्तिक २६ देखि ३० गतेसम्म मौनता ब्यान्ड र स्थानीय कलाकारहरुको सहभागितामा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित १५ हजार रुपैयाँ दीर्घरोगीलाई सहयोग गरिएको एफएमका अध्यक्ष मिलन आलेले बताए ।

कला, संस्कृति र चाडपर्वको मौलिकतालाई जोगाउने मुख्य उद्देश्य सहित आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकम तीन जना पीडितलाई हस्तान्तरण गरिएको छ ।

भिमाद नगरपालिका वडा नं २ अकला प्रगतिशिल टोल निवासी क्यान्सर पीडित लोकमाया थापालाई ५ हजार, सवारी दुर्घटनामा घाइते भई प्यारालाइसिस भएका भिमाद नगरपालिका वडा नं २ हैदगा निवासी बेल बहादुर सार्कीलाई ५ हजार, बौदीकाली गाउँपालिका स्थायी घर भई हाल भिमाद नगरपालिका वडा नं ६ मालेबगर निवासी राजु कुमार सुनारलाई ५ हजार सहयोग गरिएको छ । भिमाद एफएमले गरेको सहयोगले उपचारमा केही राहत हुने बिरामीहरुका आफन्तले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker